राष्ट्र बैंकले दुई मनीचेञ्जरको इजाजत (लाइसेन्स) पत्र रद्द गरेको छ।
विराटनगरमा रहेका अमृत लक्ष्मी मनीचेञ्जर र सुपर फाइन मनीचेञ्जरले समयमै नवीकरण नगरेकाले राष्ट्र बैंकले उनीहरूको इजाजतपत्र रद्द गरेको हो। मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौंथो संशोधनसहित) को विनियम १९ को उपविनियम (३) अनुसार म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ।
तोकिएको समयमा नवीकरण गर्न नसकेको कारण राष्ट्र बैंकले इजाजतपत्र रद्द गर्ने निर्णय गरेको जनाएको छ।










