बागमती प्रदेश हक्की संघको आयोजनामा भक्तपुरमा पहिलो पटका प्रदेशस्तरीय हक्की प्रतियोगिता आयोजना भएको छ । आज र भोलि भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका वडा नं. २ स्थित दिव्यश्वरी प्लानिङ्गमा रहेको रोयल नेपाल फुटशलमा दोस्रो प्रदेशस्तरीय ५ एस हक्की च्याम्पियनसिप–२०२५ प्रतियोगिता आयोजना गरिएको हो ।
उक्त प्रतियोगितामा बागमती प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, मदेश प्रदेश र कर्णली प्रदेशले सहभागिता जनाएका छन् ।
नेपालमा हक्की खेलको विकाश, प्रवद्र्धन र विद्यमान प्रदेशस्तरीय हक्की खेलाडीहरुको क्षमत्ता तथा सम्भाव्यता पहिचान गरि नेपाललाई हक्की खेलामा अन्तर्राष्ट्रियस्तरमा पुर्याउने उदेश्यले प्रतियोगिता आयोजना गरिउको बागमती प्रदेश हक्की संघका कार्यवाहक अध्यक्ष राम राजा बस्नेतले बताएका छन् । भक्तपुर जिल्लामा नै पहिलो चोटी हक्कीको प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने सफल टिमलाई नगदसहित ट्रफी र प्रमाणपत्रले सम्मान गरिने बस्नेतले जानकारी दिएका छन् ।










