सरकारले नागढुंगा सुरुङमार्ग प्रयोग गरेबापत तिर्नुपर्ने नयाँ दस्तुर दर सार्वजनिक गरेको छ। यो दर २६ साउन २०८२ मै निर्धारण गरिएको भए पनि हालै राजपत्रमा सूचना प्रकाशित गर्दै औपचारिक रूपमा लागू गरिएको हो।

 सवारी साधन अनुसार दस्तुर दर

१. हलुका सवारी (कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस आदि):

  • काठमाडौं प्रवेश गर्दा: ६५ रुपैयाँ
  • काठमाडौं बाहिरिँदा: ६० रुपैयाँ

२. मिनीबस, मिनी ट्रक/ट्रिपर:

  • काठमाडौं प्रवेश गर्दा: ११५ रुपैयाँ
  • काठमाडौं बाहिरिँदा: ८० रुपैयाँ

३. बस तथा ट्रक (सिंगल रियर एक्सल):

  • काठमाडौं प्रवेश गर्दा: २६० रुपैयाँ
  • काठमाडौं बाहिरिँदा: २०० रुपैयाँ

४. मल्टी एक्सल ट्रक तथा भारी उपकरण:

  • काठमाडौं प्रवेश गर्दा: ६०० रुपैयाँ
  • काठमाडौं बाहिरिँदा: २५० रुपैयाँ

सरकारले यस दस्तुर दरमार्फत सुरुङमार्ग सञ्चालन, मर्मत तथा व्यवस्थापन खर्च व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ। साथै, यसले राजधानी भित्रिने सवारी चाप व्यवस्थापनमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस !