सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धिपछि नयाँ भाडादर निर्धारण गरिएको हो। यातायात व्यवस्था विभाग ले मन्त्रालयको सहमतिमा वैज्ञानिक प्रणालीका आधारमा भाडा समायोजन गरिएको जनाएको छ।
नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारीसाधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ। त्यसैगरी, मालवाहक सवारीतर्फ पहाडी मार्गमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशतले बढाइएको छ भने तराई क्षेत्रमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले वृद्धि गरिएको छ।









