अपांगता भएका व्यक्तिहरुले पाउने सेवा सहज र प्रभावकारी बनाउने उद्देश्यले नुवाकोटको किस्पाङ गाउँपालिकाले अपांगता भएका व्यक्तिहरुलाई नयाँ परिचयपत्र वितरण तथा नविकरण शुरु गरेको छ ।

गाउँपालिकाको कार्यालयले वडा नं ५ बाट आज शनिवारदेखि नयाँ अपांगता परिचयपत्र वितरण तथा नविकरण गर्न शुरु गरेको हो । १३ गते पहिलो दिन ५ नंवर वडाका १५ जनाको कार्ड नवीकरण र १७ जनालाई नयाँ कार्ड गरि कुल ३२ जनालाई सेवा दिईएको अध्यक्ष छत्रवहादुर लामाले जानकारी दिनुभयो । सो अवसरमा शिविरसम्म आईपुग्न नसक्ने ४ जना अशक्तलाई घरमै पुगि कार्ड प्रदान गरिएको छ ।

गाउँपालिकाको कार्यालयले १४ गते आईतवार वडा नम्बर-२ मा, १५ गते वडा नम्बर-४ मा, १६ गते वडा नम्बर-१ मा र १७ गते वडा नम्बर-३ मा घुम्ती शिबिर संचालन गर्ने जनाएको छ ।

अपांगता भएका व्यक्तिले बर्गिकरण अनुसार मासिक रुपमा भत्ता, सार्वजनिक सवारी, लोकसेवा आयोग तथा अन्य आरक्षण, अस्पताल लाइन बस्दा सेवा पाउने गरेको गाउँपालिकाको महिला, बालिबालिका तथा समाज कल्याण शाखाले जानकारी दिएको छ ।

अपांगता भएका व्यक्तिको हितको संरक्षण र संवद्र्धन गर्न, तिनको स्वास्थ्य, शिक्षा, रोजगारी, तालिम, पुनस्र्थापना तथा अवसर समानीकरण गराउँदै विकास प्रक्रियामा समावेशीकरण गराउन गाउँपालिकाले पहल गरिरहेको अध्यक्ष लामाले बताउनुभएको छ ।

गाउँपालिकाले अपांगता भएका व्यक्तिलाई आयआर्जनको बाटो देखाउन विभिन्न संघसस्थासँग सहकार्य गरेर जीविकोपार्जन हुने खालका कार्यक्रमसमेत सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !