विवादास्पद अभिव्यक्ति दिंदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् ।
काठमाण्डौको जमलस्थित एउटा होेटेलमा सोमबार दिउँसो प्रसाईंमाथि अपरिचित समूहले कालोमोसो दलेको हो। प्रसाईंले होटेलमा पत्रकार सम्मेलन राखेका थिए। पत्रकार सम्मेलन सकेर होटेलबाहिर निस्किने क्रममा उनीमाथि कालो दलिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ।
प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा ल्याएर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ घोषणा गरेका थिए ।
त्यसयता उनले अन्य विभिन्न व्यवसायीहरुलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिंदै आएका छन् ।
प्रसाईं आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए । प्रहरीले यसका केन्द्रीय संयोजक शम्भु थापालाई पक्राउ समेत गरेको थियो ।