नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेर २ लाख ६९ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ८० रुपैयाँले घटेको छ । आइतबार ३ हजार ६०० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार घटेर ३ हजार ५२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !