सिक्किममा भूकम्प गएको छ । शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले स्थानीय समयअनुसार ६ बजेर ५७ मिनेट जाँदा सिक्किममा ४.४ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम बंगालका केही जिल्लामा समेत महसुस भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यस्तै नेपालको पूर्वी भेगमा समेत भूकम्पको धक्का महसुस गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस !