अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ रहेको सुनको भाउ घटेर मंगलबार प्रतितोला १ लाख ६० हजार १०० मा सीमित भएको छ ।

असोज १८ गते सुनको भाउ प्रतितोला १ लाख ६१ हजार ३०० को सर्वाधिक उचाईमा पुगेको थियो । त्यसपछि भने क्रमशः घटिरहेको छ ।

सुनसँगै चाँदीको मूल्यमा समेत सामान्य गिरावट आएको छ । जसअनुसार सोमबार प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य घटेर मंगलबार प्रतितोला १ हजार ९४० रुपैयाँमा सीमित बन्न पुगेको हो

प्रतिक्रिया दिनुहोस !