बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १,६०० रुपैयाँले घटेर १,९३,५०० रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेर २,२५५ रुपैयाँ कायम भएको छ।
मंगलबार छापावाल सुन प्रतितोला १,९५,१०० रुपैयाँ र चाँदी प्रतितोला २,३०० रुपैयाँ मा कारोबार भएको थियो










