नेपाल उद्योग वाणिज्य महासंघ कर तथा राजस्व समितिका उपसंयोजक तथा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका पूर्व अध्यक्ष कृष्ण दुलालले नेपालमा अटोमोबाइल क्षेत्रको भविष्य उज्जवल रहेको बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो २०२५’ अन्तर्गत नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले संयुक्त रुपमा बिहीबार आयोजना गरेको ‘कर्जा नीतिमा स्थिरताः अटोमोबाइल बजारको दीर्घकालीन विकासको आधार’ विषयक अन्तरक्रियामा उनले यस्तो धारणा राखेका हुन्।

दुलालले अटो क्षेत्रमा लगानी गर्ने व्यक्तिले पछाडि फर्किन नपर्ने दाबी गर्दै यसलाई सुरक्षित र स्वस्थ व्यवसायका रूपमा वर्णन गरे । उनले भने, “अटो क्षेत्रमा लगानी गरेपछि चिन्ता लिनुपर्दैन।”

त्यस क्रममा उनले कर्मचारीहरूलाई लामो अवधिका लागि कर्जा उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार कर्मचारीहरूले बाइक तथा गाडी खरिद गर्न २० वर्षसम्मको ऋण सुविधा पाउनुपर्ने छ ।

दुलालले थपे, “कर्मचारीलाई दीर्घकालीन ऋण दिन सकियो भने धेरैले गाडी खरिद गर्न सक्नेछन् । यसतर्फ सरकारको ध्यान जान आवश्यक छ, यस्तो व्यवस्था गर्न सकियो भने बजार अझै सशक्त हुनेछ।”

प्रतिक्रिया दिनुहोस !