लक्ष्मी सनराइज क्यापिटलले १५औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको छ । साथै आगामी आव २०८२/०८३ को लेखापरीक्षण कार्यका लागि हालका लेखापरीक्षक एन.बी.एस.एम एण्ड एशोसिएट्सलाई पुनः नियुक्त गर्ने निर्णय गरिएको छ ।सभामा वार्षिक प्रतिवेदन, आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण अनुमोदन गरिएको छ ।सभाले आषाढ मसान्त २०८२ अनुसार प्रति सेयर आम्दानी १८.२० रहेकोमा वितरण योग्य आम्दानीको १७.८३ प्रतिशत मध्ये १५.७९ प्रतिशत अर्थात ७.७२ करोड (कर सहित) नगद लाभांश सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीले नेपालको पुँजी बजारको इतिहासमा पहिलोपटक सेयर निष्काशनसँग सम्बन्धित मर्चेण्ट बैंकिङ्ग र सामूहिक लगानी कोष सञ्चालनको सुरुआत गरेको थियो। विगत तीन दशकदेखि कम्पनीले नेपालको धितोपत्र बजारको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
हाल कम्पनीले करिब ६ अर्ब रुपैयाँ बराबरको पाँचवटा बन्दमुखी म्युचुअल फण्ड र एक वटा खुल्लामुखी म्युचुअल फण्ड सञ्चालन गर्दै आएको छ । आव २०८१/०८२ मा सबै म्युचुअल फण्डले दोहोरो अंकको प्रतिफल वितरण गर्न सफल भएका छन् ।
साथै लक्ष्मी सस्टनेवल ईनर्जी फण्ड जसको पुँजी एक अर्ब रुपैयाँ रहेको छ, दिगो उर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यमा अघि बढिरहेको क्यापिटलले जनाएको छ ।










