केन्द्र विवादका कारण पटक-पटक रोकिदै आएको गोरखाको गण्डकी गाउँपालिकाको गाउँसभा पुन: अनिश्चित बनेको छ । आज असोज १० गतेका लागि बोलाइएको गाउँसभा बहुसंख्यक सदस्यले वहिस्कार गरेपछि अनिश्चित बनेको हो ।

नेकपा निकटका जनप्रतिनिधिले पुर्वसहमति अनुसार गाउँसभा संचालन नहुने भएपछि आजको सभा वहिस्कार गरिएको बताएका छन्। ‘पुर्वसहमति अनुसार बैठक अघि बढेन, त्यसकारण हामीले गाउँसभा उपस्थित हुन सकेनौ’ , नेकपाबाट निर्वाचित वडा- ६ का अध्यक्षले जीवन गुरुङले गण्डकी टाइम्ससंग भने।

गणपुरक नपुगे बैठक अगाडी बढ्न नसक्ने गाउँपालिकाका कार्यकारी प्रमुख पुरण गुरुङले जानकारी दिए। गाउँसभा हुन अनिवार्य बहुमत सदस्यको आवस्यकता पर्ने कानुनि व्यवस्था छ।

केन्द्रको टुङ्गो लागे पछि खर्च गर्ने गरी प्रशासनिक भवन, वडा नं ६ र ८ को कार्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेर समपूरक कोषमा राख्ने गत भदौं २३ गते कार्यपालिकाको बैठकमा सहमति भएको थियो ।

गाउँपालिकाका अध्यक्षले उक्त सहमति कार्यनयन नगरी लुकिछिपी नयाँ प्रस्ताव ल्याएको नेकपा निकट जनप्रतिनिधिको आरोप छ । ‘छलछाम गरि शिर्ष नेताको बार्ताबाट टुंगो लगाएर मात्र अघि बढ्ने भन्ने यस अघिको सहमतीलाई लत्याएर विविध शिर्षकबाट गाउँपालिकाको केन्द्रको समन्धमा चुनाब गर्ने भन्ने एजेन्डा बनाएकोले आजको गाउँसभा वहिस्कार गरेका हौ’ , वडा नम्बर ७ का अध्यक्ष तुलसी रेग्मीले भने ।

केन्द्रको टुङ्गो नलागेको अवस्थामा गत असार १६ गते प्रशासनिक भवन निर्माणका लागि बजेट विनियोजन गर्ने प्रस्तावमा सहमति हुन नसक्दा गाउँसभा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस !