
कालीगण्डकी गाउँपालिकाले गएको असोज ८ गतेको बाढी पहिरोले ज्यान गुमाएका परिवारलाई काजक्रिया खर्च उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष खिम बहादुर थापा, उपाध्यक्ष सावित्रा कोइराला, प्रमुख प्रशासकिय अधिकृत लगाएतका टिमहरूको उपस्थितीमा उक्त घटनामा ज्यान गुमाएका बाबुराम दमैका छोरा विष्णु दमैको काजक्रिया खर्च स्वरुप ३० हजार रुपैया रकम हस्तान्तरण समेत गर्नुभयो ।
उक्त रकम हस्तान्तरण कार्यक्रममा कालीगण्डकी गाउँपालिका ४ गौतम टोलमा गएको असोज ८ गतेको बाढी पहिरोले विस्थापित भएको दुइ घर परिवारलाई नयाँ घर वनाउन प्रति परिवारलाई दुइ लाख पचास हजार सहयोग गर्ने जानकारी गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले दिनु भएको छ ।