लगातारको वर्षापछि मकवानपुरका दुई स्थानमा पहिरो जाँदा हेटौँडा–काठमाडौं जोड्ने प्रमुख छोटो मार्ग कान्तिराजपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रहरीका अनुसार बकैया गाउँपालिका–१२ को ठिंगन क्षेत्रमा रातिदेखि परेको वर्षासँगै पहिरो खसेको हो। बिहानदेखि पहिरो हटाउने काम सुरु भए पनि निरन्तर पहिरो खसिरहेकाले सडक खुलाउन कठिनाइ भइरहेको छयस्तै, भीमफेदी गाउँपालिका–८ को भर्याङडाँडामा पनि अर्को पहिरो खस्दा उक्त सडकखण्डसमेत पूर्ण रूपमा बन्द भएको छ। सडक डिभिजन कार्यालयसँगको समन्वयमा सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहे पनि दुवै स्थानमा पहिरो खसिरहेकाले सफाइ तथा पुनःस्थापना कार्य प्रभावित बनेको छ।

सडक बन्द भएपछि हेटौँडा–काठमाडौं आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्। स्थानीय प्रशासनले मौसम अझै अस्थिर रहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस !