राष्ट्रिय वाणिज्य बैंकले रुकुम (पश्चिम)को चौरजहारी नगरपालिकाका उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । यसै सम्बन्धमा बैंक र नगरपालिकाबीच सम्झौता भएको हो ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ र नगरपालिकाका नगर प्रमुख विशाल शर्माले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि नगरपालिकाले उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्नेछ । तालिम प्राप्त कृषकहरुको ५।५ जनाको समुह बनाई सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाका लागि बैंकमा सिफारिस नगरपालिकाले गर्ने जनाइएको छ ।

नगरपालिकाले सिफारिश गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार प्रत्येक समुहलाई अधिकतम दश लाख रुपैंयासम्म सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !