नगरकोटको उत्कृष्ट होटल क्लब हिमालय नगरकोटले नयाँ वर्ष २०२१ लाई विशेष बनाउने उद्देश्यका साथ डिसेम्बर ३१ र जनवरी १ तारिकमा प्रख्यात सांगितिक ब्याण्डहरुबाट सांगितिक कार्यक्रमका साथ न्यू इयर स्पेशल कार्यक्रम ल्याएको छ । आबीट्रेरी एक्सपेरियन्स २०२१ नाम दिईएको यस सांगितिक कार्यक्रममा सुवेक्षा राई कोइराला र सन्देश आशिस मर्हजन, सन्देश रोजिलेन्ड श्रेष्ठ, रन्जित नेपाली र ईलिमेन्स् ब्यान्डले आप्mनो सांगितिक कार्यक्रम प्रस्तुत गर्नेछन् भने डिजे वि.पी.एम, डिजे सेसी र डिजे दानले डिजेको भुमिका निर्वाह गर्नेछन् ।

विशेष गरी आन्तरिक पर्यटकलाई लक्षित गरी आयोजना गरिएको यस अफरमा रु. १० हजार मै एक जोडीले बेड एण्ड ब्रेकफास्ट सहितको क्लब हिमालय नगरकोटमा मनोरम बसाई गर्न सक्नेछन् ।
उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा आएको यस होटलले पाहुनाहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डको स्वास्थ्य सम्बन्धी निर्देशिकालाई उच्च पालना गर्दै सिमित पाहुनालाई मात्र सेवा दिदै आएको छ ।


नगरकोटको उत्कृष्ट स्थानमा अवस्थित क्लब हिमालय नगरकोटबाट विश्व कै उत्कृष्ट मौषमी वातावरणमा मनोरम हिमाली श्रृङखलाको अवलोकनको आनन्द लिन सकिन्छ । यस होटल २०१९ मा ट्रिप एडभाइजरको १० उत्कृष्ट होटलमा पर्न सफल विश्व कैं उत्कृष्ट मध्येको ४२ वर्षको ईतिहास भएको क्लब हिमालय एस होटेल्सको एउटा अंगको रुपमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस !