दशैँ पर्वलाई लक्षित गर्दै नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा ग्यासको सहज बिक्री तथा वितरणका लागि ११ वटा बिक्री केन्द्र तोकेको छ।
नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा असोज २६ देखि ३० गतेसम्म बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएका केन्द्रबाट ग्यासका सिलिन्डर साट्न सकिने संघले जनाएको छ। संघका अनुसार भदौ महिनामा मात्रै ४२ लाख ९१ हजार ६६१ सिलिन्डर ग्यास बिक्री भएको थियो। उपभोक्ताको सुविधाका लागि पेप्सीकोला, बालाजु औद्योगिक क्षेत्र, सुकेधारा, कलंकी, हरिसिद्धि, चपली, सतुंगललगायत स्थानमा बिक्री केन्द्रको व्यवस्था गरिएको छ।
संघले तोकिएका केन्द्रबाट काठमाडौं उपत्यकामा ग्यास बिक्री गर्ने सदस्य उद्योगका सिलिन्डर मात्र साट्न सकिने स्पष्ट पारेको छ। अन्य स्थानमा सिलिन्डर साटफेर गर्न नपाइने पनि संघले जनाएको छ।










