तनहुँको आँबुखैरेनी गाउँपालिकाको आठौँ गाउँ सभा सम्पन्न भएको छ । सभाले पालिका भित्रका ६ वटा वडामा ‘एक वडा एक पोखरी, एक वडा एक चौतारी’ निर्माण गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेलले बताए ।
‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत सबै वडामा एक पोखरी र एक चौतारी बनाउने योजना पारित भएको छ’ उनले भने ‘अहिले स्टमेट तयारीको चरणमा छौँ, चालु आर्थिक वर्षभित्र सकिन्छ ।’ चौतारो र पोखरी नासिँदै गएकाले संरक्षण गर्न यो कार्यक्रम संचालन गर्ने निर्णय गाउँ सभाले गरेको हो । सोमवार भएको गाउँ सभाले आर्थिक वर्ष २०७७/०७८ का लािग ५८ करोड पाँच लाख बराबरको संशोधित कार्यक्रम र बजेटका साथै २ वटा विद्येयक समेत पारित गरेको छ । ‘यस अघि बजेट बिनियोजन गरिएका तर कार्यन्वयन गर्न समस्या भएका योजनाको बजेट अन्य योजनामा राख्ने निर्णय गरिएको छ’ प्रमुख प्रशासकिय अधिकृत पोखरेलले भने ।
गाउँपालिकाले गाउँ सभा मार्फत पारित गरेको विद्येयकमा ५० प्रतिशत अनुदानमा संचालन हुने पशु सेवा कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ र पशुपन्क्षी पकेट क्षेत्र प्रवद्र्धन सहयोग कार्यक्रम संचालन निर्देशिका २०७७ रहेको छ ।

गाउँपालिकाले चालु वर्ष ३५ प्रतिशत प्रगती गरेको बताउँदै प्रमुख प्रशासकिय अधिकृत पोखरेलले चैत मसान्त सम्म ८० प्रतिशत पु¥याउने लक्ष्य रहेको बताए । गाउँपालिकाले १५ शैयाको अस्पताल निर्माण प्रक्रिया अघि बढाएको जनाएको छ । फोहोरमैलाका लागि १२ रोपनी जग्गा ब्यवस्थापन भएको, अनलाईनबाट सबै वडामा ब्यक्तिगत घटना दर्ता थालिएको, कृषक पाठशाला कार्यक्रम संचालन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्र ८० प्रतिशत नागरिककहाँ केन्द्रिय प्रशारण लाईन बिस्तार भएको र बाँकी २० प्रतिशतलाई बैकल्पिक उर्जा प्रणाली मार्फत सेवा दिने योजना रहेको प्रशासकिय अधिकृत पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस !