गरिब, दलित, एकल महिला, वृद्धवृद्धाहरुका समस्या समाधान गर्ने नेता चाहिएको सिमकोट गाउँपालिका(६ का स्थानीयले बताए । ‘भोट माग्न आउँदा विभिन्न किसिमका आश्वासन दिएर जान्छन् चुनाव जितेर गएपछि नमस्कार गर्दा समेत फिर्ता गर्दैनन्,’ स्थानीयको गुनासो छ , ‘अब त हामी नेताका समस्या बुझ्ने नेता चाहिएको छ । आफ्नो पेट भर्ने र आफ्नो गादो भर्ने नेता चाहिँदैन ।’

सिमकोट(६ की नउसरा रावतले भोट माग्न आउने नेता तथा कार्यकर्तादेखि वाक्क भइसकेको बताइन् । ‘दिनदिनै घर लिपपोत गर्दै ठिक्क छ, एक समूह जान्छ, अर्को समूह आइहाल्छ । आमा(बुवा भोट दिनुहोला भन्छ, घरको भुइँले समेत सुख पाएको छैन,’ रावतले भनिन् ।

भोट माग्न आउने नेता तथा कार्यकर्तालाई टीका लगाइदिंदा लगाइदिंदै चामल मात्रै खर्च भएको सिमकोट गाउँपालिका ६ की जयदेवी रोकायाले गुनासो गरिन् । उनले भनिन्, ‘घरदैलोमा आउँछन् भोट माग्न, चुनाव सकिएपछि हामीलाई हेर्ने होइनन्, टीका लगाइदिंदा चामल मात्रै खर्च भएको छ ।’

‘जनताको पिर मार्का बुझ्ने नेतालाई मात्र भोट दिने भन्दै स्थानीय राम्रो र असल नेताको आशमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस !