तनहुँको भिमाद नगरपालिकाको मेयरमा एमालेका दधिकाज सुवेदी विजयी भएका छन्।

उनले ८ हजार १ सय २८ मत प्राप्त गरे।

कांग्रेस र समाजवादीबीच गठबन्धन भएको यो नगरपालिकामा मेयरका निकटतम प्रतिद्वन्द्वी एकिकृत समाजवादीका काजीमान श्रेष्ठले ५ हजार ८ सय ५७ मत प्राप्त गरे।

उपमेयरमा एमालकै शारदा खनाल निर्वाचित भइन्। उनले ७ हजार ६ सय ६७ मत प्राप्त गरिन्।

कांग्रेसका मिलन आले ७ हजार २ सय ५ मत प्राप्त गर्दै दोस्रो भए।

प्रतिक्रिया दिनुहोस !