मकवानपुरको थाहा नगरपालिकाको मेयर र उपमेयरमा पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन् । मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विष्णुबहादुर बिष्ट निर्वाचित भए । बिष्टले ९ हजार ७१९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अचुतमप्रसाद ढकालले ७ हजार ७७१ मत पाए ।

उपमेयरमा नेपाली कांग्रेसका भरत गोपाली निर्वाचित भएका छन् । उनले ८ हजार ६०७ मत पाए । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी कल्पना बलामीले ८ हजार ५२२ मत पाइन् ।

प्रतिक्रिया दिनुहोस !