बाँकेको नेपालगन्ज उमहानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दीन राई निर्वाचित भएका छन् ।

मेयरमा निर्वाचित विष्टले २३ हजार ४ सय ६० मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी एमालेका पशुपति दयाल मिश्राले ११ हजार ६ सय ७५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा निर्वाचित राईले १७ हजार ९ सय ५० मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शान्तिदेवी ढकालले १० हजार ९ सय १५ मत प्राप्त गरिन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपालगंज उपमहानगरपालिका राप्रपाले जितेको थियो । हाल राप्रपाका महामन्त्री धवलशमशेर राणा २०७४ सालको स्थानीय तह निर्वाचनमा १२ हजार ५ सय १५ मत ल्याएर निर्वाचित भएका थिए ।

उपमेयर भने कांग्रेसकी उमा थापामगर निर्वाचित भएकी थिइन् । उनले १० हजार ७ सय ३० मत प्राप्त गरेकी थिइन् । यो निर्वाचनमा राणा नेपालगंजको मेयरमा उम्मेदवार बनेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस !