मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको उघोग, वाणिज्य तथा आपूर्तिमन्त्रि दिलेन्द्रप्रसाद बडूले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर नाकारी दिएका छन् । उनका अनुसार पेट्रोलमा २० र २० र डिजेलमा २९ रुपैयाँ मूल्य घटेको हो । जसअनुसार हाल पेट्रोलमा १९९ रहेकामा २० घटेर १७९ र डिजेलमा १९२ बाट २९ घटाएर १६३ रुपैयाँ कायम भएको छ । मन्त्रिपषिद्को निर्णय लगत्तै मन्त्रीपरिषद्को निर्णयलगत्तै मन्त्री बडूले पत्रकार सम्मेलन गरेर सो जानकारी दिएका हुन् । उघोगमन्त्री बडूले पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृृ द्दिलेजनालाई मर्का परेको भन्दै थोरै भए पनि राहत हुनेगरि मूल्य घटाएको बताए । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएर भए पनि जनतालाई राहत दिनुपर्छ भन्ने हेतुले मूल्य घटाइएको उनले उल्लेख गरे । यसले समग्र समाधान त हैन तर,तत्काल जनताले भोगेको समस्यालाई केही राहत दिन्छ ।

प्रतिक्रिया दिनुहोस !