
कर्णाली प्रदेशमा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या सबैभन्दा न्यून रहेको देखिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन ९मधेश प्रदेश० अर्धवार्षिक प्रतिवेदनमा कर्णालीमा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या सबैभन्दा न्यून रहेको देखिएको हो। जहाँ मोबाइल बैंकिङका ४ लाख ८३ हजार ८१ प्रयोगकर्ता र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या ९ हजार ९६८ मात्रै रहेका छन्।
यस्तै सबैभन्दा बढी बागमती प्रदेशमा ६२ लाख ५९ हजार ९२५ मोबाइल बैंकिङका प्रयोगकर्ता रहेकोमा इन्टरनेट बैंकिङ प्रयोगकर्ता पनि सबैभन्दा बढी बागमती प्रदेशमै ९ लाख ३९ हजार ६६३ रहेका छन्।
राष्ट्र बैंकका अनुसार मधेश प्रदेशमा मोबाइल बैंकिङ प्रयोगकर्ता १६ लाख १० हजार ८३३ रहेका छन्। डेबिड कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन्।
आर्थिक वर्ष २०७८÷७९ को प्रथम अर्धवार्षिक अवधिको कुल निक्षेप परिचालनमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ६८।७६ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको अंश सबैभन्दा कम १ प्रतिशतमात्र रहेको छ। कुल निक्षेप परिचालनमा मधेश प्रदेशको योगदान ५।०४ प्रतिशत रहेको छ।
कुल कर्जा प्रवाहमा पनि बागमती प्रदेशको अंश सबैभन्दा बढी ५५।८६ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको अंश १।१९ प्रतिशत रहेको छ। कुल कर्जा प्रवाहमा मधेश प्रदेशको अंश ९।१३ प्रतिशत रहेको छ। कृषि क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा बढी बागमती प्रदेशको हिस्सा ३४।३३ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको १।५१ प्रतिशत रहेको छ।
मधेश प्रदेशमा कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १६।६२ प्रतिशत रहेको छ। विपन्न वर्गमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ४५।७६ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा १।९४ प्रतिशत रहेको छ।
सहुलियतपूर्ण कर्जातर्फ सबैभन्दा बढी बागमती प्रदेशमा ३०।६५ प्रतिशत प्रवाह भएको देखिन्छ भने कर्णाली प्रदेशमा सबभन्दा कम १।३१ प्रतिशत रही सबभन्दा कम कर्जा प्रवाह भएको देखिन्छ। पुनरकर्जातर्फ सबैभन्दा बढी बागमती प्रदेशमा ४२।६० प्रतिशत प्रवाह भएको देखिन्छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम २।३० प्रतिशत मात्र कर्जा प्रवाह भएको देखिन्छ।
बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ११ हजार २१५ मध्ये सबैभन्दा बढी बागमती प्रदेशमा २ हजार ८६६ रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा केवल ४ हजार ४४ शाखा रहेको छ। समीक्षा अवधिमा मधेश प्रदेशमा सञ्चालित बैंक वित्तीय तथा संस्थाको शाखा संख्या १ हजार ७०३ रहेको छ।