यतीवेला गोरखा सिरानचोक गाउँपालिका वडा नं. ५ मा निर्मित जरेबर पुलको विषयमा अत्यधिक चर्चा भईरहेको छ ।

पुल निर्माणसंगै दुबै पट्टि रोड ब्यवस्थापनलाई ब्यवस्थित बनाउन सके सिरानचोक, अजिरकोट, सुलिकोट र धार्चे गाउँपालिका लगायत गोरखा जिल्लासंग सिमाना जोडिएका लम्जुङ जिल्लाको केही पालिकामा वसोवास गर्ने वासिन्दाहरुलाई पनि गोरखा सदरमुकाम पुग्नको लागि प्रत्यक्ष लाभ मिल्नेछ

भौगोलिक हिसाबले गोरखा चीनको सिमानासंग जोडिएको जिल्ला हो । सवारी साधन र यातायातको सुबिधा नहुँदा अजिरकोट, सुलिकोट र धार्चे गाउँपालिकाका बासिन्दाहरु २ देखी ४ दिनसम्म पैदल यात्रा गरेर गोरखा सदरमुकाम पुग्थे । तर, बिकासको बिस्तार संगै गोरखाको बिकट स्थानहरुमा पनि सडक बिस्तार भएकाले अहिले यातायातका विभिन्न किसिमका सवारी साधनहरु आवतजावत हुन थालेकोले आवागमनमा सहज भएको छ ।

जरेबर नयाँसाघु हुँदै निमेलसम्म मध्य पहाडी लोकमार्ग कालोपत्रे हुदैछ । विशेष गरेर जिल्लाको दुर्गम भूभागबाट गोरखा सदरमुकाम आउने क्रममा छेपेटार हुदै बाह्रकिलोसम्म १५-२० किलोमीटर घुमेर यात्रा गर्नुपर्ने वाध्यता छ ।  निर्माण भैसकेको जरेबर दरौदीको पुललाई सिरानचोक ५ जरेबरका बासिन्दा र गोरखा नगरपालीका ३ नारेश्वरका बासिन्दाहरुलाई समन्वय गराई सदरमुकाम जोडने सडकमार्ग सुचारु गर्न सके उक्त इलाकामा वसोवास गर्ने वासिन्दाहरुलाई छिटो यात्रा गरी गोरखा सदरमुकाम पुग्न सहज हुनेछ ।

गण्डकी प्रदेशका तात्कालिन भौतिक पुर्वाधार बिकास मन्त्री राम शरण बस्नेतले नयाँसाघु र जरेबर दुबै स्थानमा पुल राख्नका लागि बजेट विनियोजन गरेका थिए । दुवै पुलको दुरी भौगोलिक हिसाबले टाढा नभए पनि नयाँसाघु सिरानचोक गाउँपालिकाको वडा नं.६ मा र जरेबर वडा नं.५ मा पर्दछ । नयाँसाघु र नारेश्वर ३ बिच समन्वय भएता पनि हाल निर्मित जरेबर पुल वारी र पारी भने समन्वय भइनसकेको स्थिनयहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस !