पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचनको मिति नजिकिएसंगै चुनावी रमझम द्धारा शुरु सँगै उम्मेद्वारका आकांक्षीहरु मतदाता उद्योगी व्यवसायी भेटघाट कार्यक्रममा व्यस्त भएका छन् ।
पोखरा उद्योग वाणिज्य संघमा रहेर काम गरिसकेका पूराना व्यवसायी हरिहर सापकोटा उद्योगतर्फको उपाध्यक्ष पदको मैदानमा उत्रिएका छन् । आफ्नो उम्मेद्वारीबारे जानकारी गराउन र सुझाव संकलनमा उनी केही महिनादेखि नै लागेका थिए ।
उद्योगी व्यवसायीकै सुझाव र सल्लाहमा आफूले उद्योगतर्फको उपाध्यक्षमा उम्मेद्वारी दिने तयारी गरेको उनले बताए । आफ्नो उम्मेद्वारी कसैका विरुद्ध नभएको उनले स्पष्ट पारेका छन् ।
संघको ३४ औं महाधिवेशन यहि भदौ २४ र २५ गते हुँदैछ । संघको नेतृत्वका लागि पवन प्रजापतिले प्यानलसहित र अर्जुन पोखरेलले एकलरुपमा उम्मेद्वारी घोषणा गरेर चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस !