
अमेरिकामा दर्ता भएको पहिलो डिस्टिलरी ज्याक डेनियल ह्विस्कीसँग धेरै घटनाहरु जोडिएका छन्। १५० वर्षभन्दा बढी समयदेखि यसको नशामा सारा विश्व झुम्दै छ ा यो कम्पनीको एउटा विशेषता भनेको यसमा काम गर्ने कर्मचारीलाई प्रत्येक महिना ‘ज्याक डेनियल्स वल्ड नं। ७’ एक बोतल निःशुल्क दिइन्छ। रमाइलो कुरा के छ भने त्यो दिन सबै कर्मचारी खुसीसाथ काममा आउँछन् र कसैले बिदा लिँदैनन्।
कर्मचारीको मनोबल बढाएर थप काम गर्न उत्प्रेरित हुने उदेश्यले कम्पनीले आफ्नो कर्मचारीलाई सित्तैमा मदिरा दिने कम्पनीले जनाएको छ। यसबाट उनीहरु आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्छन्। यही कारण हो कि १५० वर्षदेखि यो ह्विस्कीमा मानिसहरुको क्रेज देखिन्छ।
त्यसैगरी स्टारबक्सका कर्मचारीले प्रत्येक हप्ता एक पाउन्ड कफी बिन्स वा अन्य उत्पादन घरमा लिन सक्छन्। यसले कर्मचारीलाई उनीहरुको उत्पादनहरुको आनन्द लिने मौका दिन्छ। तर, ज्याक डेनियलको कुरा अर्कै छ। सामान्यतया शुक्रबार साँझदेखि नै कर्पोरेट जगतका कर्मचारीहरु बिदा मनाउने मूडमा हुन्छन्। तर, ज्या डेयिलका कर्मचारीहरु महिनाको पहिलो शुक्रबारको प्रतीक्षामा हुन्छन्। सोही दिन उनीहरुले एक बोतल ह्विस्की फ्रीमा पाउँछन्।
–एजेन्सी