पटक पटकको सूचना सार्वजनिक गर्दा पनि अटेर गरि सडकपेटीमा व्यापार गरेर बसेकाहरुलाई त्यहाबाट हटाउन सुनसरीको इनरुवा नगपालिकाको कार्यालयका नगरप्रमुख केदार भण्डारीसहितको नगरपालिकाको टिम नै डोजर लिएर सडकमा निस्किएका छन् ा

३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दा समेत सडकपेटी खाली नगरेको भन्दै मंगलवार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएका छन् ।
व्यापारी र केही स्थानीयबासिन्दाले अवरोध गरे पनि नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टहरा हटाउन थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस !