
शुक्रबार भएको एक कार्यक्रमले मनकामना बजारलाई डिजिटल बजारका रुपमा घोषणा गरिएको हो। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं भुक्तानी प्रणाली विभाग प्रमुख गुरुप्रसाद पौडेलले मनकामना बजारलाई डिजिटल बजारका रुपमा उद्घाटन गरे। एनएमबि बैंक र फानपेको सक्रियतामा डिजिटल बजारका रुपमा घोषणा गरिएको हो।
डिजिटल बजार घोषणा कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी, फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा, सहिद लखन गाउँपालिका, मनकामना क्षेत्र विकास समिति, मनकामना जीर्णोद्धार समिति, मनकामना मन्दिरका मूल पुजारी, उद्योग वाणिज्य संघ इकाइ समिति, खानेपानी तथा सरसफाइ समिति, माई मनकामना बचत तथा ऋण सहकारी संस्था साना किसान बचत तथा ऋण सहकारी संस्थालगायत स्थानीयब व्यवसायी तथा समाजसेवीको उपस्थिति थियो।
फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक हो। फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन्।
यसैगरी फोनपे डाइरेक्टमार्फत मोबाइल नम्बर राखी कुनै पनि बैंकको बैंक खातामा रकम पठाउन सकिन्छ भने विभिन्न किसिमका सेवाको रकम भुक्तानी गर्न सकिन्छ।