टिकटक मनोरञ्जन लागि चलाउने एकदमै उत्कृष्ट माध्यम बनेता पनि केहीलाई भने यो एक आम्दानीको स्रोत नै बनेको छ ा ललितपुरको ग्वार्काेमा बस्दै आएका २१ वर्षीय ऋषिप्रकाश योगी सूर्यविनायक नगरपालिका १७ का २७ वर्षीय कपिल गिरी, मध्यपुर थिमी नगरपालिका २१ का प्रेम कठायत र सोही नगरपालिकाको वडा नम्बर १ का २० वर्षीय डिल्लीराज अवस्थी विभिन्न अनलाइन मार्फत जुवा खेलाईरहेका छन् । उनीहरुलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई आज नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार ऋषिप्रकाश योगीले १० महिनाको अवधिमा पब्जी र पब्जी टुबाट २८ लाख ७३ हजार ३५४ रुपैयाँ तथा कपिल गिरीले १० दिनको अवधिमा पोकर किङबाट १० लाख ५२ हजार ९६२ रुपैयाँ बराबरको रकम टिकटक लाइभ जुवामार्फत कारोबार गरेको खुलेको छ । त्यस्तै, प्रेम कठायत र डिल्लीराज अवस्थीले प्रेम नामक टिकटक ई–सेवा वालेटमा विभिन्न व्यक्तिलाई रकम जम्मा गर्न लगाई एक महिनाको अवधिमा ९३ हजार २१४ रुपैयाँ बराबरको कारोबार गरेको पाइएको छ । पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिमको कसूरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर, प्रहरी वृत्त जगाती र थिमीको जिम्मा लगाइएको छ ।
उनीहरुले डिजिटल वालेटमा विभिन्न व्यक्तिलाई रकम जम्मा गर्न लगाई आर्थिक लाभ लिने गरेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस !