
हिजो बिहान पोखरामा भएको यति एअरलाइन्सको एटिआर विमान दुर्घटनामा निधन भएकामध्ये स्थानीयको शव पहिचान र बुझाउने कार्य आज बिहान ११ बजेसम्म गरिने भएको छ ।
यति एयरलाइन्सले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ६९ जनाको मृत्यु भइसकेको छ भने बाँकी तीनजनाको खोजीकार्य जारी छ ।
आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमानमा चालक दलका चार जनासहित ७२ जना सवार थिए । ती मध्ये ६९ जनाको शव फेला परेको भए पनि तीन जनाको अझैँ बेपत्ता रहेका छन् ।