सांसद जोनास कोन्ता नेतृत्वको टोलीमा आउने संसदीय टोली आइसकेको र टर्किस एअरलाइन्सको उडानवाला बिहान ११ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । टोलीमा औटी आलान्को कोहिलुटो,आइनो काइसा पेकोनेन,हुसेन अल टाइ, इभा रिटा ब्युडेट र भिल्ले कौनिस्टो पनि छन् । त्यसैगरी फिनल्याण्डको परराष्ट्र मन्त्रालयबाट विकास नीति विभागकी प्रबन्ध निर्देशक टिटा जोहन्ना माजा र फिनल्याण्डस्थित राष्ट्र संघीय एसोसिएसनकी कार्यकारी निर्देशक हेलेना लौ पनि टोलीमा छन् ।

पाँच जनाले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन अराइभल भीसा लिने बताइएको छ । अन अराइभल भीसा लिनेमा जोनास कास्पेरी कोनिटा, टिटा जोहान्ना माजा, साटु औटी, आइनो काइसा र इभा रिटा हुन् ।

 

प्रतिक्रिया दिनुहोस !