लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा नदी सभ्यतामा आधारित व्यवस्थित संरचना निर्माणको गुरुयोजना अनुरुप नयाँ आधुनिक संरचनाको निर्माण कार्य सुरु भएको छ। लुम्बिनी प्रदेश सरकारले प्रदेशको मुख्य प्रशासनिक भवनसहित नौ वटा मन्त्रालयका नयाँ भवन बनाउन सुरु गरेको हो। प्रदेशको स्थापना दिवसका अवसर पारेर बुधवार मुख्यमन्त्री लिला गिरीले उक्त संरचनाको शिलान्यास गरेका छन्। मण्डला आकारमा मुख्यमन्त्री कार्यालयसहित अन्य ९ वटा मन्त्रालयका आधुनिक भवनहरुको एक साथ निर्माण हुनेछ।

ती सबै कामको एकसाथ शिलान्यास भएको छ। प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाई मार्फत संरचनाहरु निर्माण हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस !