खुला विश्वविद्यालयको सामाजिक शास्त्र र शिक्षा संकायमा अध्ययनरत विद्यार्थीहरुलाई शिक्षण अभ्यास, इन्टर्नसिप, अनुसन्धान र शिक्षण विधि एवम् प्रविधि सम्बन्धी सहकार्य गर्नsf nflu मितेरी (सहयोगी) विद्यालयको खोजी सुरु गरेको छ ।

 

विश्वविद्यालयसँग मितेरी लाउन इच्छुक बागमती र लुम्बिनी प्रदेशमा सन्चालित विद्यालयहरुले आजदेखि १५ दिनभित्र इमेलमार्फत् निवेदन दिनसक्ने विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

मितेरी विद्यालयहरु प्रदेशस्तरबाट छनोट हुने र त्यसका लागि कम्तिमा कक्षा ८ देखि १२ सम्म सन्चालित सार्वजनिक विद्यालयहरुलाई प्राथमिकतामा राखिने उल्लेख छ ।

विश्वविद्यालयसँग मितेरी लाउन चाहने विद्यालयको आफ्नो भवन र जग्गा हुनुपर्ने छ । साथै शिक्षक तालिम, कार्यशाला तथा अनुसन्धानको लागि यथेस्ट विद्यार्थी संख्या हुनुपर्ने छ । सहकार्य गर्न विद्यालय व्यवस्थापन समिति र स्थानीय तहको अनुमति लिनुपर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस !