एसियाली बजारमा शुक्रबार कच्चा तेलको भाउ पनि ओरालो लागेको छ। तेलको भाउमा गिरावटको मुख्य कारण अमेरिकाले आफूलाई डिफल्ट हुनबाट बचाउने सक्ने मानिएको छ। यसले डलरलाई अझ बलियो बनाउन सक्छ।
अर्कोतर्फ उच्च महँगी दरका कारण अमेरिकी बैंकहरुले पनि ब्याजदर बढाउन सक्छन्। यसले कच्चा तेलको मागमा थप गिरावट आउन सक्छ किनकि डलर महँगो हुँदा आयातकर्ताको लागत बढ्नेछ।
महँगो डलरका कारण कच्चा तेलको माग पनि घट्न सक्छ। जसका कारण यसको मूल्य घट्न सक्छ।
अहिले अमेरिकी डिफल्टको समस्याको असर तेलको मूल्यमा देखिएको छ। यद्यपि अमेरिकी राष्ट्रपति जो बाइडेन र हाउस अफ रिप्रिजेन्टेटिभका सभामुख केभिन म्याकार्थीले संघीय सरकारले ऋणको सीमा ३१.४ ट्रिलियन डलर पुर्याउन सक्ने बताएका छन्। –एजेन्सी