
बुटवल उपमहानगरपालिका कार्यालय अगाडि हाटबजारमा विगत चार दशकदेखि तरकारी र फलफूलको व्यापार गर्दै आएकी ७६ वर्षीया नानी गुरुङको जीविकोपार्जनको प्रमुख आधार हाटबजार बनेको छ ।
बुटवलको चिडियाखोला सुकुम्बासी टोलकी वृद्धा उनीको घरमा अन्य सहारा कोही पनि छैनन् । सोह्र वर्षको कलिलो उमेरमा उनको आफूभन्दा दुई वर्ष जेठा गोपाल ठकुरीसँग विवाह भयो । भारतीय सेनामा कार्यरत पति निवृत्त भएर स्वदेश फर्केपछि बुटवलमा मजदुरी गर्दा गर्दै क्षयरोगले थलिएर निधन भयो ।
हाटबजारमा आफ्नै प्रदर्शनीकक्ष अगाडि रहेको तत्कालीन बुटवल नगरपालिकाको भवन देखाउँदै पतिको मृत्युपछि त्यही भवन बनाउने काममा मजदुरी गरेर जीवन निर्वाह गरेको बताउँछिन् । उमेर ढल्किँदै गएपछि श्रमिकको काम गर्न नसक्ने अवस्था भएपछि एकमात्र छोरी निरुको आग्रहमा हाटबजारमा हरियो तरकारीको व्यवसाय सुरु गरेको बताउँछिन् । हरेक हप्ता लाग्ने हाटबजारमा चार दशकअघि आमा छोरीले सुरु गरेको व्यवसायमा हरियो तरकारी, टिम्मुर, सिद्रा माछा, सिन्कीजस्ता मौसमअनुसारको व्यापार गर्दै आएको उनी बताउँछिन् ।
दिदीबहिनीले पनि बजारको दिन एक दिन नआउँदा बजै किन आउनुभएन भनेर सोधीखोजी गरेर बोलाउने गर्दछन् ।’ बुटवल उपमहानगरपालिका–११ मजुवा घर भएकी मन्दिरा गौचन उमेरले सात दशक पार गरिन् । उनको जीवन निर्वाहको मुख्य आधार पनि यही हाटबजार बनेको छ । उनले विगत २५ वर्षदेखि हाटबजारमा हरियो तरकारी र सालको पातजस्ता दैनिक उपभोग्य वस्तुको व्यापार गर्दै त्यसैको आम्दानीबाट घर व्यवहार चलाउँदै आएको बताउँछिन् ।
उनको एक छोरी र एक छोरा छन् दम र मुटुको बिरामी वृद्धा गौचनका श्रीमानको पनि चार वर्षअघि दम र मुटुको बिरामीले थलिएर मृत्यु भएको बताउँछिन् । वृद्धा गौचनको कमाइको मुख्य आधार नै हाटबजार हो । बुटवलको
यी हाट बजारमा आमसर्वसाधारणलाई दैनिकरुपमा आवश्यक पर्ने उपभोग्य सामान किनमेल हुने गर्छ । तरकारी, फलफूल, खाद्यान्न, खसीबोका, कुखुरा, हाँस, परेवा, माछामासु, कपडाजस्ता वस्तु हाटबजारमा खरिद गर्न आउनेको भीड लाग्ने गरेको अध्यक्ष जिसी बताउँछन् । यी बजारमा मौसमअनुसारका कृषि उत्पादन ग्रामीण क्षेत्रबाट किसानले आफैँ बजारसम्म ल्याएर बिक्री गर्ने गरेको उनी बताउँछिन् ।
हाटबजारमा मङ्सिरदेखि वैशाखसम्म अधिकांश नेपाली कृषि उत्पादनले नै धान्ने गरेको र वर्षायाममा भारतीय उत्पादन खपत हुने गरेका छन् । स्थानीय पालिकाले आफ्नो क्षेत्र ठेक्का प्रक्रियाबाट हाटबजार सञ्चालन गर्दै आएका छन् । यसबापत स्थानीय पालिकाले व्यवसायीबाट बैठकी करस्वरुप प्रतिस्टल ५० देखि दुई सय रुपैयाँसम्म लिने गरेको अध्यक्ष जिसी बताउँछिन् तर व्यापार नहुँदाको अवस्थामा राज्यका निकायलाई बुझाउनुपर्ने विभिन्न कारले व्यवसायीलाई मर्का परेको उनको गुनासो छ ।
वर्षौंदेखि हाटबजारमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका वृद्धवृद्धा, असक्त र विभिन्न समुदायका व्यवसायीका लागि हाटबजार व्यवसायी सङ्घले लिने सेवा शुल्कमा केही छुटको व्यवस्था गरेको छ तर व्यवसाय गरेबापत राज्यका निकायलाई तिर्ने करमा कुनै सुविधा नभएको अध्यक्ष जिसी बताउँछन् । ‘हामीले यस्ता समूहका व्यवसायीलाई कुनै न कुनै हिसाबले सुविधा उपलब्ध गराउन स्थानीय पालिकालाई पटक पटक भन्यौँ’, उनले भने, ‘हाम्रो मागको सुनुवाइ कही कसैले पनि गरेन ।’
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल बुटवल क्षेत्रभित्रका सम्पूर्ण हाटबजारलाई योजनाका साथ व्यवस्थित गर्न थालिएको बताउँछिन् । उनले अहिले बुटवलको हाटबजारलाई केही व्यवस्थित गर्ने कार्यको सुरुआत भएको अन्य बजारलाई पनि व्यवसायीसँग सल्लाह गरेर अगाडि बढ्ने योजनामा रहेको बताउँछिन् ।
उनले लामो समयदेखि हाटबजारमा व्यवसाय गर्दै आएका महिला तथा वृद्धवृद्धालाई तत्काल कुनै सुविधाको केही व्यवस्था नभए पनि अबको बजेटमा केही गर्न सकिन्छ कि भन्ने सोचमा रहेको बताउँछिन् । रासस