कर्णाली प्रदेश सरकारले आज शोक दिवस घोषणा गरेको छ ।

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा परि ज्यान गुमाएकाहरुप्रति दुस्ख व्यक्त गर्दै शोक दिवस घोषणा गरेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्णकुमार बीसीले जानकारी दिएका छन् ।

उनका अनुसार राहत तथा उद्धार लगायतका कार्यका लागि प्रदेश सरकारले अति प्रभावित, प्रभावित, सामान्य प्रभावित पालिकाहरुलाई पाँच लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म तत्काल पालिकाको खातामा पठाउने निर्णय गरेको छ । पीडितहरुलाई पुनर्स्थापना गर्न कुनै कसर बाँकी नराख्ने पनि मन्त्री बीसीले बताए। ।

प्रतिक्रिया दिनुहोस !