भोजपुर, खोटाङ, सोलुखुम्बु र सङ्खुवासभा जिल्लाको सङ्गम स्थल साल्पासिलिछो गाउँपालिका–५ दोभानेमा रहेको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र साल्पा पोखरी र सिलिचुङ डाँडाको प्रचारप्रसार तथा उक्त क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटक प्रवर्द्धनका लागी मेला, महोत्सव आयोजना गरिएको छ ।

समुद्री सतहदेखि ३ हजार ६ सय ७२ मिटर उचाइमा रहेको साल्पापोखरी र ४ हजार १ सय ५३ मिटरको उचाइमा रहेको सिलि चुङ डाँडा धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रमा चर्चित भए पनी उक्त क्षेत्रमा पर्यटक आगमन थोरै भएकाले पर्यटक प्रवर्द्धनका लागी महोत्सव आयोजना सञ्चालन भएको हो ।

हाल उक्त क्षेत्रको विकास, संरक्षण, सम्वर्दन तथा प्रवर्द्धन गर्दै आएको साल्पा सिलिचुङ संरक्षण तथा पर्यटन प्रवर्द्धन विकास केन्द्रले वार्षिक रूपमा वैशाख, भदौ, कात्तिक र फागुनका पूर्णिमामा विशेष मेला आयोजना गर्दै आएको केन्द्रका सदस्य वीर कुमार राईले बताए । सोहि अन्तरगत मङ्सिर १० गते लागेको मेलामा विभिन्न खेलहरू सहित भलिबल प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !