काभ्रेको बनेपा नगरपालिका ९ का वडाध्यक्ष नृपेश बादे घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् ।
बादेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार भक्तपुरको गठ्ठाघरबाट रंगेहात पक्राउ गरेको हो ।
घर-बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा वडाध्यक्ष बादेलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
१५ लाख रुपैयाँसहित स्रोत नखुलेको १० हजार जापानी येन, एक सय अमेरिकी डलर, हुन्डाई आईटेन कार र कार चालक पदमबहादुर प्रधानलाई समेत अख्तियारले नियन्त्रणमा लिएको छ । बादे नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।