चिसो अत्यधिक बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। आइतबारदेखि मंगलबारसम्म विद्यालय बन्द गर्ने निर्णय भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले जानकारी दिए। ‘मौसम हेरेर तीन दिनपछि बिदा थप गर्ने वा रोक्ने पछि निर्णय गर्छौं’, खनालले भने,‘अहिललेलाई तीन दिनमात्र बिदा हो।’ उनका अनुसार बुटवल उपमहानगरपालिकाभित्र सामुदायिक ३९ र संस्थागत ५९ गरी कुल ९८ वटा विद्यालय छन्। ९ वटा मन्टेश्वरी छन्। नर्सरीदेखि कक्षा १२ सम्म उपमहानगरपालिकाभित्र कुल ६७ हजार २ सय ५६ जना विद्यार्थी अध्ययनरत छन्।

प्रतिक्रिया दिनुहोस !