उत्तरी गोरखामा भारी हिमपात भएको छ । बुधबार रातिदेखि भारी हिमपात भएको चुमनुब्री गाउँपालिका–१ का स्वास्थ्यकर्मी लक्ष्मण कार्कीले बताए ।बिहीबार बिहानसम्म करिब डेढ फिट हिउँ परेको उनको भनाइ छ । निरन्तर हिमपात भएप्छि मान्छेहरु घरभित्रै बसिरहेको उनले बताए । भारी हिमपात हुँदा पानी जमिसकेको छ । टेलिफोनको नेटवर्क घरी जाने र घरी आउने गरिरहेको छ । आजको हिमपात यो वर्षको अहिलेसम्मको ठूलो हिमपात हो ।
स्वास्थ्यकर्मी लक्ष्मण कार्कीले बताए ।
बिहीबार बिहानसम्म करिब डेढ फिट हिउँ परेको उनको भनाइ छ । निरन्तर हिमपात भएप्छि मान्छेहरु घरभित्रै बसिरहेको उनले बताए । भारी हिमपात हुँदा पानी जमिसकेको छ । टेलिफोनको नेटवर्क घरी जाने र घरी आउने गरिरहेको छ । आजको हिमपात यो वर्षको अहिलेसम्मको ठूलो हिमपात हो ।
हिउँ परेपछि बारीका खेतीबाली र लेकका यार्सागुम्बा लगायतका जडिबुटी फस्टाउने भएकाले स्थानीयबासी खुशी भएा छन् ।
उत्तरी गोरखाको ल्हो, स्याला, छेकम्पार लगायतका ठाउँहरुमा पनि हिमपात भइरहेको छ । हिमपातका कारण ती क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको छ ।