काठमाडौं महानगर प्रहरीले रत्नपार्कस्थित शान्ति बाटिकाबाट बाहिर निकालेपछि न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलले विष सेवनको प्रयास गरेकी छन् । आज बिहानै नगर प्रहरीले शान्ति बाटिकामा न्याय माग्दै अनशन र धर्नामा बसेकाहरूलाई लखेटेको थियो । त्यस क्रममा अरूसँगै आरती रावल पनि निकालिएकी थिइन् ।

सो क्रममा आरतीले विष सेवनको प्रयास गरेकी हुन् । यद्यपी तत्काल प्रहरीले हस्तक्षेप गरेर उनलाई रोकेका थिए । आफूलाई न्यायाधीश पतिले वैवाहिक बलात्कार गरेको भन्दै उनी कानूनी तथा सडक संघर्षमा छिन् । श्रीमानलाई थुनामा राखेर मुद्दा चलाउनुपर्ने माग सहित उनले अनशन सुरु गरेकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस !