
विमानस्थलको अध्यागमनका अधिकृतमाथि हातपात गर्ने असईसहित तीन प्रहरी कर्मचारीलाई त्यहाँबाट सरुवा गरिएको छ । असई सञ्जय तामाङ र दुईजना सिपाहीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी सुरुवा गरिएको हो । उनीहरुलाई कारबाहीस्वरुप रानीपोखरी तानिएकाे हो । यसअघि अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि हातपात भएपछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । सहसचिव थानेश्वर न्यौपाने संयोजकत्वको समितिले असई तामाङलाई निलम्बन गर्न सिफारिस गरेको थियो ।