बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित तीन जनालाई हाजिरी जमानीमा रिहाको आदेश दिने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको सरुवा भएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आचार्यलाई मुगु जिल्ला अदालतमा सरुवा गरेका हुन् ।

अनुसन्धानका लागि पक्राउ परेका चौधरीलाई समय सीमा तोकेर छाड्न आदेश दिएको भन्दै आचार्य विवादित बनेका थिए। कारबाहीस्वरुप उनलाई सरुवा गरिएको अदालत स्रोतले बताएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौधरीसहित बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई माघ १८ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

पक्राउ परेको ६ दिनमै चौधरीसहित तीन जना छुटेका थिए।

प्रतिक्रिया दिनुहोस !