प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई तुरुन्तै पदबाट निलम्बन गर्न सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा दोषी देखिएकाले उनलाई तुरुन्तै पदबाट निलम्बन गर्नुपर्ने बताएका छन् ।
गत पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट २ जनाको मृत्यु भएको घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको छानविन प्रतिवेदनले देखाएको अवस्थामा त्यस्ता मन्त्रीलाई पदमा राखिरहन उपयुक्त नहुने भन्दै एमालेले विरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस !