बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने तत्काल जेल जानु नपर्ने भएको छ । बिहीबार उच्च अदालत पाटनले लामीछानेलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न अनुमति दिएको हो ।
यसअघि बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो । उक्त फैसला बदर गरी सफाइको माग गर्दै उच्च अदालतमा निवेदन दिएका हुन् ।