काठमाडौं प्रहरी परिसरले मंगलबार पक्राउ परेका सबै ४९ जनालाई हाजिरी जमानीमा छाडेको हो । काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले म्याद थपेर उनीहरुलाई हाजिरी जमानीमा छाडिएको बताए । तीन दिनअघि संसद बैठक चलिरहेका बेला लघुवित्तले आफूहरूलाई पीडित बनाएको दाबी गर्ने समूह प्रहरीलाई ठेल्दै भवनभित्रै प्रवेश गर्न खोजेको थियो ।

सुरक्षामा लापरवाही गरेको भन्दै अहिले संसद भवन सुरक्षार्थ खटाइएको प्रहरी युनिट नै परिवर्तन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस !