इण्डियन बैंकस् एशोसियसन(आईबीए) र बैंक कर्मचारी युनियनबीच बैंक कर्मचारीको वार्षिक तलब १७ प्रतिशतले वृद्धि गर्ने सहमति भएको हो ।

यसका साथै सबै शनिबार बिदा दिने सहमति समेत बनेको मिडिया रिपोर्टमा जनाइएको छ ।  यससँगै भारतका सरकारी बैंकका कर्मचारीले सातामा दुई दिन बिदा पाउने भएका छन् । बिदा सम्बन्धी निर्णय भने भारत सरकारले निर्णय गरेपछि मात्रै लागू हुने जनाइएको छ ।

आईबीआईका सीईओ सुनिल मेहताले यो नयाँ व्यवस्था भारतीय बैंकिङ क्षेत्रको कोशढुङ्गा साबित हुने बताएका छन् ।

तलब वृद्धिको व्यवस्थाले भारतको बैकिङ क्षेत्रमा कार्यरत ८ लाख कर्मचरी लाभान्वित हुने अनुमान गरिएको छ । यसले भारतीय सरकारी स्वामित्वका बैंकहरुमा ८ हजार २८४ करोड भारु अतिरिक्त व्ययभार पर्ने प्रक्ष्येपण गरिएको छ ।

यसका साथै बैंकका महिला कर्मचारीलाई कुनै पनि मेडिकल सर्टिफिकेट बिना महिनाको एक दिन बिरामी बिदा दिइनेछ ।

 

प्रतिक्रिया दिनुहोस !