
चितवनको एक अस्पतालमा उपचार गर्न टिकट काट्न लाइनमा बसेका एक युवकको ज्यान गएको छ ।
‘बकुलहर रत्ननगर अस्पताल’मा ओपीडी सेवाको टिकट काट्न लाइनमा बसेका एक युवकको आइतबार बिहान मृत्यु भएको बताइएको छ ।
रत्ननगर ३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगर बिहान १० बजे लाइनमा बसेका बेला अचानक ढलेका थिए ।